समीट लघुवित्तले पुनः आह्वान गर्यो वार्षिक साधारण सभा

0
Shares

समीट लघुवित्त वित्तीय संस्थाले पुनः १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

जेठ १३ गते शनिबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी असार ३ गते साधारण सभा बोलाउने निर्णय गरेको हो । सभा काभ्रे बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान १०ः३० बजे बोलाइएको छ ।

यसअघि जेठ ३० गते साधारण सभा आह्वान गरेकोमा गत शुक्रबार एक सूचना प्रकाशित गर्दै विशेष कारणवश भन्दै वार्षिक साधारणसभा स्थगित गरेको थियो ।

सभाले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पुँजीको १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । यस्तै सभाले संस्थापक–सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न सर्वसाधारणतर्फ अपुग ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

चौधौं वार्षिक साधारण सभाले मर्जर प्रयोजनका लागि कायम गरिएको नेसनलको १०० बराबर समीटको ७३ कित्ता सेयर स्वाप रेसियाे र मर्जरसँग भए गरेका अन्य काम कारवाही स्वीकृत गर्दै बाँकी अन्य कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । सभा मार्फत मर्जर प्रयोजनका लागि अन्तिम सम्झौतापत्रलगायत मर्जरसम्बन्धी अन्य सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा छ ।

साथै सभाले मर्जरपछि नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाले जेठ २२ गते सोमबारदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोजअनुसार जेठ २१ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।