एनएमबि क्यापिटलको चारमध्ये तीन फन्डले बैशाखमा घाटा ब्यहोरे, सबैको न्याभ घट्यो

0
Shares

एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित चारवटै सामुहिक लगानी कोष योजनाको बैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सबै योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेका छन् ।

वित्तीय विवरण अनुसार समीक्षा अवधिमा एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा २० पैसा, एनएमबि सरल बचत–ई फन्डको ३० पैसा, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२, को १८ पैसा र एनएमबि ५० फन्डको ३६ पैसाले न्याभ घटेको छ । जसमध्ये बैशाखमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ बाहेक तीनटै फन्ड नोक्सानी (घाटा) मा रहेका छन् ।

बैशाखको विवरण अनुसार सात वर्ष अवधिको एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा २० पैसा घटेर १० रुपैयाँ ९१ पैसा रहेको छ । गत चैतमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ११ पैसा थियो । योजनाका आकार कुल १ अर्ब रुपैयाँ रहेको यस योजनाको लगानी ३७ करोड ६९ लाख ५७ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, २ करोड ३६ लाख ६७ हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ । यस्तै फन्डको ऋणपत्रमा ३६ करोड ८६ लाख ४४ हजार रुपैयाँ र मुद्दती निक्षेपमा २६ करोड ३८ लाख रुपैयाँ लगानी छ । यस्तै बैंक मौज्दातमा ५ करोड ७५ लाख ३७ हजार रुपैयाँ बचत रहेको छ । गत चैतमा ७८ लाख २५ हजार रुपैयाँ नोक्सानीमा रहेको फन्ड बैशाखमा २ करोड ७६ लाख ८१ हजार रुपैयाँमा पुगेको छ ।

यस्तै खुलामुखी योजना एनएमबि सरल बचत–ई को प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ३० पैसा घटेर ८ रुपैयाँ ६८ पैसा रहेको छ । गत चैतमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ८ रुपैयाँ ९८ पैसा थियो । योजनाका आकार कुल ९४ करोड ३२ लाख ५५ हजार रुपैयाँ रहेको यस योजनाको लगानी ५० करोड ७० लाख ८० हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, १ करोड ८६ लाख २७ हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ । यस्तै फन्डको ६ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको ऋणपत्रमा लगानी छ भने ११ करोड ५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । यस्तै फन्डले १२ करोड ६९ लाख ७७ हजार रुपैयाँ रुपैयाँ बैंक मौज्दात रहेको छ । गत चैतमा ९७ लाख १५ हजार नाफामा रहेको फन्डको नोक्सानी बैशाखमा बढेर ३ करोड ७३ लाख २१ हजार रुपैयाँ पुगेको छ ।

दश वर्ष अवधिको अर्को सामुहिक लगानी कोष योजना एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा १८ पैसा घटेर १० रुपैयाँ २ पैसामा झरेको छ । गत चैतमा प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ २० पैसा थियो । योजनाका आकार कुल १ अर्ब २२ करोड १० लाख रुपैयाँ रहेको यस योजनाको ६२ करोड ४२ लाख ८२ हजार रुपैयाँ लगानी सूचीकृत कम्पनीको सेयरमा, १ करोड ६१ लाख ४० हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ । फन्डले ६ करोड १७ लाख ८८ हजार रुपैयाँ ऋणपत्रमा र १७ करोड १० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । यस्तै बैंक मौज्दातमा ३४ करोड ८५ हजार रुपैयाँ छ । गत चैतमा २करोड ४६ लाख ७१ हजार नाफामा रहेको फन्डको बैशाखमा घटेर २ करोड २६ लाख ४१ हजार रुपैयाँ नाफा छ ।

यसैगरी सात वर्ष अवधि रहेको एनएमबि ५० फन्डको बैशाख महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ३६ पैसा घटेर १० रुपैयाँ ७१ पैसा रहेको छ । गत चैतमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ७ पैसा थियो । योजनाका आकार कुल १ अर्ब २५ करोड रुपैयाँ रहेको यस योजनाको लगानी ९६ करोड ६५ लाख ४० हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, १ करोड २९ लाख ४९ हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ । यस्तै फन्डले १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ भने बैंक मौज्दातमा १० करोड ६४ लाख रुपैयाँ रहेको छ । गत चैतमा २ करोड ६ लाख ४२ हजार घाटामा रहेको फन्ड बैशाखमा आउँदा थप बढेर ६ करोड ५९ लाख ७३ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।