गुट्खा र सुर्ती कुहिने खालको खोलमा प्याक गर्नुपर्ने, प्लास्टिकमा नपाइने

0
Shares

सरकारले गुट्का र सुर्ती प्याक गर्दा सडेर जाने जैविक वस्तुमा प्याकिङ गर्नुपर्ने व्यवस्था गरेको छ । हाल गुट्खा र सुर्ती प्लास्टिकमा प्याक हुँदै आएको छ ।

संसद्मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्लास्टिक प्रयोग गर्न नपाइने नीति ल्याएका हुन् । २०८१ वैशाख १ गतेदेखि अनिवार्य रूपमा जैविक रूपमा सडेर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने उनले बताए ।

संसदमा मन्त्री महतले भने, ‘वातावरण प्रदूषणमा सहयोग र्पुयाउने हेतुले गुट्खा तथा सुर्ती उद्योगको अन्तशुल्क लाग्ने वस्तु प्याकिङ गर्दा प्रयोग गर्ने प्लास्टिक जन्य वस्तुको सट्टामा २०८१ वैशाख १ गतेदेखि अनिवार्य रुपमा जैविक रूपमा सडेर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।