एफपीओमा करले सेयर बजारमा पहिरो, डेढ घण्टामा ५० अंक घट्यो नेप्से

0
Shares

सरकारले सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेपछि त्यसको असर मंगलबारको सेयर बजारमा देखिएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमा मर्जरको लाभबाट तिर्नुपर्ने आयकर तिर्नुपर्ने व्यवस्था गरेको छ । तर सरकारले दुबै शिर्षकमा आयकर बापतको साँवा मात्र भुक्तान गर्न भन्दै चालु आर्थिक वर्षको आर्थिक विधेयक मार्फत शुल्क र ब्याज मिनाहा गर्ने व्यवस्था गरेको छ । सरकारले सोही अनुसार मंसिर मसान्तभित्र कर तिर्न भन्दै शुल्क र ब्याज भने मिनाहा गरिदिएको हो । त्यसपछि भने शुल्क र ब्याज लाग्ने जनाइएको छ ।

प्रिमियम आम्दानीलाई लाभांशको रुपमा वितरण गर्नु भन्दा अघि आयमा देखाइ आयकर भूक्तान गरेपछि मात्र लाभांश वितरण गर्नुपर्ने व्यवस्था आयकर ऐन २०५८ मा रहेको थियो । धितोपत्र बजारमा सुचीकृत अधिकांश कम्पनीले नयाँ निष्कासन तथा बिक्री नभएको हकप्रद सेयरलाई लिलामी गर्दा प्रिमियम आम्दानी गरेका छन् । यसअनुसार नेपाल लाइफ, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि, प्रिमियर इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, स्टाण्डर्ड चार्टड बैंक नेपाल लगायतले आयकरमा गणना नगरी सोझै सेयरधनीलाई लाभांश वितरण गरिसकेका छन् ।

मंगलबार बजार खुलेको १ घण्टा ३० मिनेटमा नै सेयर बजार सूचक नेप्से २.६० प्रतिशत अर्थात ५०.४२ अंकले घटेर १८९१.३५ अंकमा झरेको छ । यस्तै डूला कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३१ प्रतिशत अर्थात ८.५३ अंकले घटेर ३६०.९० अंकमा झरेको छ ।
मंगलबारको डेढ घण्टा अवधिमा २५६ कम्पनीको २७ लाख ४४ हजार ८१२ कित्ता सेयर १७ हजार ४०५ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ३ करोड रुपैयाँ नाघेको छ ।

शिवम् सिमेन्टसको सर्वाधिक ११ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल लाइफको ५ करोड १५ लाख, चिलिमे हाइड्रोपावरको ३ करोड ४३ लाख, निफ्रा ३ करोड ७ लाख र नेपाल टेलिकमको २ करोड ८६ लाखको कारोबार भएको भयो ।

समीक्षा अवधिमा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर १८१८ रुपैयाँ पुगेको छ । यस्तै स्वेतगंगा हाइड्रोपावरको सर्वाधिक ७.१२ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।