मिथिला लघुवित्तको बोनस सूचीकृत

0
Shares

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

स्टकका अनुसार लघुवित्तको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २ लाख ५५ हजार ६५५ दशमलव ७७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी १७ करोड ४ लाख ३७ हजार १७८ रुपैयाँको १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । लघुवित्तको २०७९ फागुन १७ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले सो बोनस वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ५ गते बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले उक्त बोनस पाउनेछन् ।

मंगलबार नेप्सेमा सूचीकृत भएको उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।