लक्ष्मी भ्यालु फन्ड–२ लाई इकाई बिक्री अनुमति

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोष योजना लक्ष्मी भ्यालु फन्ड–२ लाई ८० करोड रुपैयाँ बराबरको इकाई जारी गर्न अनुमति दिएको छ ।

बोर्डले फन्डलाई प्रतिइकाई दश रुपैयाँ अंकित दरमा ८ करोड इकाई जारी गर्न जेठ ८ गते अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटले उक्त इकाई बिक्रीका लागि सार्वजनिक सूचना जारी गरेर बिक्रीमा ल्याउनेछ ।

लक्ष्मी क्यापिटल मार्केटले हाल दुई बन्दमुखी योजनाहरु लक्ष्मी इक्वीटी फन्ड, लक्ष्मी उन्नति कोष र शुभ लक्ष्मी कोष नामक खुलामुखी योजना सञ्चालनमा गरिरहेको छ । क्यापिटलको व्यवस्थामा सञ्चालित लक्ष्मी भ्यालु फन्ड नामक योजना भने परिपक्क भैसकेको छ ।

सञ्चालनमा आउने नयाँ योजना सहित लक्ष्मी क्यापिटल मार्केटको व्यवस्थापनमा पाँच पुग्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।