एकता बुद्धका सहकारीको कार्यकारी अध्यक्ष भानु शर्मा सहित कार्यसमितिका पदाधिकारी पक्राउ

0
Shares

एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाका फरार कार्यकारी अध्यक्ष भानु शर्मा, ब्यवस्थापक शम्भु कार्की सहित कार्यसमितिका पदाधिकारी सीआईबीको फन्दामा परेका छन् । फरार कार्यकारी अध्यक्ष ब्यवस्थापक सहितका कार्यसमितिका पदाधिकारीलाई सीआईबिले पक्राउ गरेको हो ।

बुढानिलकण्ठ ९ एकता बस्तीमा सञ्चलित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कानुनी प्रकिया अनुसार छानबिन समितिले २०७९ पुसको पहिलो हप्ताबाट छानबिनको काम सुरु गरि छानबिन सकाएर प्रतिवेदन पेश गरेको थियो । छानबिनको प्रतिवेदन अनुसार एकता बुद्ध बचत तथा ऋण सहकारीको त्रुटि रहेको जवाफ छ ।

एकता बुद्ध सहकारी संस्थाका कार्यकारी अध्यक्ष भानु शर्मा सहकारी मन्त्रालय अन्तर्गत सहकारी महाशाखाबाट फरार भएका थिए भने ब्यवस्थापक शम्भु कार्की सम्पर्कबिहीन भएको थिए ।

बागमती प्रदेश, हेटाैंडा अन्तर्गतका सहकारी मन्त्रालयबाट सो सहकारीको केश फाइल सीआईबीमा अनुसनधान र कारर्वाहीको लागि अगाडि बढाइएको थियो । लामो समयको अनुसन्धान पश्चात सीआईबी र स्थानीय प्रहरी प्रशासनको नेतृत्व र बुढानिलकण्ठ वडा नम्बर ९ को जनप्रतिनिधिका उपस्थिति सहित फरार कार्यकारी अध्यक्ष भानु शर्मा, ब्यवस्थापक शम्भु कार्की सहित कार्यसमितिका पदाधिकारीलाई पक्राउ गर्न सफल भएको छ ।

एकता बुद्ध सहकारी सस्थामा उपाध्यक्ष प्रमोद कुमार न्यौपाने ,सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष राम कुमार श्रेष्ठ, सदस्य बीर बहादुर तामाङ, होमनाथ तिमिल्सिना, ज्ञानु कुमारी राई बीचको आर्थिक हिनामिना र अन्तरिक संस्थागत किचलोले गर्दा पीडित बचतकर्ताहरु मारमा परिरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।