सस्तो डिलका कर्मचारीले व्यवस्थित लगानी योजनामा एनआईबिएल सहभागिता फन्डको इकाई खरिद गर्नसक्ने

0
Shares

एनआईबिएल एस क्यापिटल लिमिटेड र सस्तो डिल प्रालिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा सस्तो डिल प्रालिका तर्फबाट कम्पनीको प्रमुख वित्त अधिकृत सुमित्रा केसी र क्यापिटलका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

सस्तो डिल प्रालिका विभिन्न तहका कर्मचारीहरुले एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबिएल सहभागिता फण्डमा “कर्पोरेट पेरोल एसआईपी” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

योजना अन्तर्गत, सस्तो डिल प्रालिका विभिन्न तहका कर्मचारीहरुले आफुले इच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबिएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत लगानी गर्न सक्नेछन् ।

साथै योजना सम्बन्धि थप जानकारीका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट तथा मुख्य काार्यलयको फोन नम्बरमा सम्पर्क गर्न सकिनेछ साथै योजना व्यवस्थापकबाट तोकिएका वितरकहरुको कार्यलयमा पनि सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।

एनआईबीएल एस क्यापिटल लिमिटेड नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबिएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।