नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लङकापेबीच समझदारी

0
Shares

फोनपेले, नेपाल र लंकापे बीच समझदारी भएको छ । श्रीलंका र नेपाल बीच अन्तर आबद्धता योग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्ने सहमति भएको हो ।

सो समझदारी पत्रमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्कः लंकापेका सिइओ चन्ना डि सिल्भाले समझदारी पत्र समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रम श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरि प्रमुख श्रीमती निलुषा दिलमिनी सहित एफवान सफ्ट ग्रुपका स्ट्राटेजि डिरेक्टर डेनियल डि. श्रेष्ठ र फोनपेका अध्यक्ष विश्वास ढकाल सहभागी थिए ।

यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरूको सहजताका लागि अत्यन्त प्रभावकारी हुने फोन पेले जनाएको छ । श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, श्रीलंका जाने नेपाली नागरिकहरूले फोनपेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् । यस पछि फोनपे वा लंकापे मध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्नेछन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले यो सहकार्य भनेको नयाँ अवसरहरू विस्तार गर्न, वित्तीय समावेशीकरण बढाउन र समृद्ध डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधिको प्रयोग गर्ने प्रतिबद्धताको प्रमाण रहेको बताएका छन् । श्रीलंकामा पनि क्रसबोर्डर डिजिटल भुक्तानीलाई छिटो, सुरक्षित र सजिलो बनाउन मद्दत गने समेत सापकोटाले बताए ।

लंकापेका प्रमुख कार्यकारी अधिकृत चन्ना डि सिल्भाले फोनपेसँग अन्तर आबद्धताको यात्राले श्रीलंकामा डिजिटल भुक्तानीको कोसेढुङ्गा सावित भएको बताए । फोन पे संगको रणनीतिक साझेदारीले ग्राहकहरूको लागि सहज र समावेशी भुक्तानीको वातावरण सिर्जना हुने उनको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।