बचत फिर्ताको माग गर्दै सहकारी पीडितको काठमाडौंमा प्रदर्शन

0
Shares

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । उनीहरुले शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

बचत फिर्ताको लागि स्थानीय तहदेखि प्रदेश सरकार तथा केन्द्र सरकारसम्म राज्यका सबै निकायहरुमा धाएपनि कहीँकतैबाट पनि सुनुवाइ नभएपछि संयुक्त रुपमा पीडितहरु सडक आन्दोलनमा होमीनु परेको संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले बताइन् ।

सहकारीबाट ठगिएका १०० भन्दा बढी सहकारी पीडितहरु एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गर्नुपर्ने माग राखेका छन् । सहकारीहरुलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर्नुपर्ने, एउटा मात्रै निकायबाट सहकारीहरुलाई नियन्त्रण गर्नेुपर्ने, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर्नुपर्ने, सहकारीहरुलाई आफैंले नीति नियम बनाउन बन्द गर्नुपर्ने माग पीडितहरुले राखेका छन् ।

दिनभर मकै पोल्ने, भारी बोकेर छाक टार्ने जस्ता न्यून आय हुने व्यक्तिहरुलाई बचत गर्ने सजिलो माध्यम सहकारी भएकाले उनीहरुको बचत सहकारीमा फसेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।