प्रभु स्मार्ट फन्डको इकाई सुचीकृत, बुधबारदेखि कारोबार खुल्दै

0
Shares

प्रभु स्मार्ट फन्डको १० करोड इकाई जेठ २३ गते मंगलबार नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भएको छ ।

फन्ड र नेपाल स्टक एक्सचेन्जबीच मंगलबार सूचीकरण सम्झौता भएको हो । मंगलबार इकाई सुचीकृत भएसँगै फन्डको इकाई भोलि अर्थात् बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्रीमा आउनेछ । दोस्रो बजारमा कारोबारका लागि नेप्सेले पीआरएसएफस्टक सिम्बोल दिएको छ ।

योजना व्यवस्थापक प्रभु क्यापिटलले फागुन १८ गतेदेखि २८ गतेसम्ममा सर्वसाधारणको ८० करोड रकम बराबरको ८ करोड इकाई बिक्री खुला गरेको थियो । सामुहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्था अनुसार निष्काशन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएपछि योजनाको आकार पच्चीस प्रतिशत थप गरी इकाई बाँडफाँड गरिएको हो ।

सामुहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्था अनुसार निष्काशन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्काशन गरिएको इकाई संख्याको पच्चीस प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिनेछ भन्ने व्यवस्था रहेको छ । फन्डका इकाई खरिदका लागि उच्च माग परेकाले प्रभु स्मार्ट फण्डले बिँज पूँजी सहित १ अर्ब बराबरको इकाई बाँडफाँड गर्ने छ ।

प्रभु स्मार्ट फन्डको कोष प्रबद्र्धकमा प्रभु बैंक लिमिटेड र कोष व्यवस्थापक तथा डिपोजिटरीमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

दश वर्ष अवधि रहेको बन्दमुखी योजना प्रभु स्मार्ट फण्डलाई केयर नेपाल लिमिटेडले केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी–३) रेटिङ्ग प्रदान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।