सहकारी अभियानले सदस्यको भन्दा सञ्चालकको हितमा आन्दोलन गर्दा स्वार्थको द्वन्द्व बढ्योः पूर्व सचिव मैनाली

0
Shares

पूर्व सहकारी सचिव गोपीनाथ मैनालीले सहकारी अभियानले सदस्य हितभन्दा सञ्चालकको हितमा आन्दोलन गरेर स्वार्थको द्वन्द्व बढेको बताएका छन् ।

बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागको संयुक्त आयोजनामा भएको कार्यक्रममा आफ्नो धारणा राख्दै मैनालीले अहिले सहकारीहरु बैंक जस्तो बन्न खोज्दा समस्या उत्पन्न भएको उल्लेख गरे । त्यसमाथि वित्तीय अवस्थाको लेखाजोखा नहुँदा धेरै सदस्य पीडित बन्नुपरेको पूर्व सचिव मैनालीको भनाई छ ।

सहकारी संस्थाहरु सिस्टममा बस्न नचाहँदा समस्या देखिएको बताउँदै समस्याको निराकरण खोज्न ढिलाई गर्न नहुने उनले बताए । सहकारीको समस्या समयमै समाधान नगरे वित्तीय संकट आउन सक्ने समेत उनले संकेत गरे । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध ऐनलाई टेकेर विषयगत समितिहरु सक्रिय बनाएर भएपनि समस्याको समाधान गर्नुपर्नेमा उनको जोड छ । यसका लागि विषयत मन्त्रालयको मन्त्री, सम्बन्धीत मन्त्रालयको मन्त्री र सम्बन्धीत पालिकाको प्रमुखलाई बोलाएर छलफल गर्न सकिने उनको धारणा छ ।

‘सुरुमा सहकारीले राम्रो गरेको भए पनि अहिले सिस्टममा नहुँदा समस्या बढेको हो’, उनले भने, ‘राजनीतिक छाता ओढेका, प्रभुत्व बढी भएका तथा सञ्चालक र व्यवस्थापक एकै व्यक्ति भएका सहरकारीमा समस्या देखिएको हो ।’

अहिले एकै कार्य क्षेत्रमा प्रतिस्पर्धा नहुनुपर्ने प्रतिस्पर्धा बढेको, सदस्य तथा सहकारीको व्यवसाय एकै प्रकारको भएको तथा सरकारी अभियान स्वार्थमा लाग्दा पीडित नियामक निकायमा नगई जिल्ला प्रशासन कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जानुले नियामकप्रतिको विश्वास कम हुँदै गएको मैनालीको बुझाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।