सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा छुट २८ गतेसम्म मात्र पाइने

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा ३५ प्रतिशतसम्म छुट घोषणा गरेको थियो । यो छुट जेठ २८ गतेसम्म मात्र पाइने कम्पनीले जनाएको छ ।

सूर्यज्योति लाइफबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा कम्पनीले जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म नवीकरण गराउँदा बिलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने यसअघि नै घोषणा गरेको थियो । उक्त अवधि आइतबार सकिँदैछ ।

कुनै कारणवस बीमाशुल्क भुक्तानी गर्न बाँकी रहेका ग्राहकहरुलाई कम्पनीले यो अवसरको सदुपयोग गरी आफ्नो बीमालेख समयमै सक्रिय बनाई ढुक्क रहन आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।