महालक्ष्मी लाईफको साधारण सभा सम्पन्न, असार मसान्तभित्रै एकीकृत कारोबार

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका पाँचौ वार्षिक साधारण सभा होटल अकामा, धुम्बाराही, काठमाण्डौमा शुक्रबार सम्पन्न भएको छ ।

साधारण सभामा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने–गाभिने, गाभेपछि कम्पनीको नाम “प्रभु–महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” कायम हुने, दुबै कम्पनीको सेयर अनुपात १ः१ कायम गरी गाभ्ने र गाभिने, दुबै कम्पनी एक आपसमा गाभ्दा र गाभिँदा भएको अन्तिम सम्झौतापत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायित्वको मुल्याङ्कन गर्न नियुक्त लेखापरीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराएका थिए ।

यस्तै कम्पनी सचिव कमल पन्थीले सञ्चालन गरेको कार्यक्रममा बीमा प्राधिकरणको निर्देशन अनुसार असारमसान्तभित्र प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी मर्जर भई एकीकृत कारोबार सम्पन्न हुने जानकारी दिए ।

सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ ।

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

सञ्चालक उमेशलाल श्रेष्ठले सहभागि सबैलाई धन्यवाद ज्ञापन गरेपछि साधारण सभा सम्पन्न भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।