अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले ७० करोड १८ लाख रुपैयाँको हकप्रद बेच्दै

0
Shares

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेड (साविक लमजुङ्ग विद्युत विकास कम्पनी लिमिटेड) ले चुक्ता पुँजीको २२२.८० प्रतिशतका दरले हुन आउने ७० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले विद्यमान सेयरधनीहरुका लागि २२२.८० प्रतिशत (विद्यमान १ कित्ता सेयर बराबर नयाँ २.२२८ कित्ता सेयर) ले अंकित मूल्य ५० रुपैयाँ दरमा १ करोड ४० लाख ३७ हजार ८०० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

सम्पन्न सञ्चालक समितिको कम्पनीको जेठ २४ गते निर्णय अनुसार प्रति सेयर ५० रुपैयाँका दरले १ करोड ४० लाख ३७ हजार ८०० कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार कम्पनीले सम्पुर्ण सेयरधनीहरुलाई आगामी असार १४ देखि साउन १७ गतेभित्र दरखास्त साथ प्रति सेयर ५० रुपैयाँका दरले हुन आउने रकम जम्मा गरी सो को बैंक भौचर दरखास्त फारम साथ संलग्न गर्न आग्रह गरेको छ ।

कम्पनीको प्रतिकित्ता सेयरको ५० रुपैयाँका दरले आफ्नो हक वा सो भन्दा बढी शेयर खरिद गर्न आवेदन दिन पाउने छन् । कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई निजको सेयर अनुपातमा बिक्री वितरण गरिने उल्लेख छ ।

सेयरधनीहरुले दरखास्त फारम अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गर्न र बुझाउन सक्नेछन् । सो भरेको फारम र बैंक भौचरको स्क्यान कपि र कम्पनीको इमेल [email protected] मा पनि पठाउन सकिनेछ । हकप्रद वापतको रकम कुमारी बैंक लिमिटेड, कोटेश्वर काठमाण्डौंको रहेको बैंक खाता नम्बर ०२१००७३४७५२००००४मा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

हकप्रद निष्कासनका लागि कम्पनीले असार ६ देखि १३ गतेसम्म सेयर दाखिल खारेज गर्ने जनाएको छ । हकप्रद सम्बन्धी थप जानकारीको लागी कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स त्रिपुरेश्वरमा रहेको स्वीट नम्बर ६०१ नम्बरमा सम्पर्क गर्न किने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।