एमजीको अत्याधुनिक सर्भिस सेन्टर ललितपुर कुसुन्तीमा

0
Shares

प्यारामाउन्ट मोटर्स प्रालिले ललितपुरको कुसुन्तीमा एमजी मोटर्सको अत्याधुनिक सर्भिस सेन्टरको सुरुवात गरेको छ । सर्भिस सेन्टर ६ रोपनी अर्थात ३२ हजार ८५६ वर्ग फिट क्षेत्रमा फैलिएको छ ।

एमजीको लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक प्यारामाउन्ट मोटर्सले नेपाली ग्राहकहरुको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न सर्भिस सेन्टरको स्थापना गरिएको जनाएको छ । गाडी बिक्री पश्चात ग्राहकलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्दै उच्चतम अनुभव सुनिश्चित गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

प्यारामाउन्ट मोटर्सका सीईओ सचिन अर्यालले नयाँ सर्भिस सेन्टरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उच्च स्तरीय मर्मत तथा वारेन्टी आवश्यकता प्रदान गर्न र ग्राहकलाई व्यापक, सहज तथा प्रभावकारी आफ्टर सेल्स सेवा प्रदान गर्न यस सर्भिस सेन्टरको डिजाइन गरिएको बताए । उनका अनुसार सर्भिस सेन्टरमा आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिमा प्रशिक्षित उच्च दक्ष प्राविधिकको टोली रहेको कम्पनीले जनाएको छ ।

सीईओ सचिन अर्यालले भने ‘हाम्रा ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने निरन्तर प्रतिबद्धता अन्तर्गत कुसुन्तीमा यस अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गर्न पाउँदा हामी हर्षित छौं। यस सर्भिस सेन्टरले ग्राहकलाई विश्व स्तरीय अनुभव प्रदान गर्दै सावधानीपूर्वक र विशेषज्ञताका साथ एमजी गाडी सर्भिस गरिनेमा विश्वस्त हुन सकिन्छ।’

सर्भिस सेन्टरमा ११ बे, हाइ इभि दाइग्नोसिस दुल, एक पटकमा ३ कार वासको सुविधा, हाइब्रिड एसी रिकभरी, उच्चतम प्रविधियुक्त पेन्ट बुथ, क्यारोलिनर कोलिजन रिपेर, फ्लुक द्वारा निर्मित आइसोलेटेड टेस्टिंग टुललगायत एउटा डिसी चार्जर र एउटा एसी चार्जर रहेको उनले बताए । यस्तै फराकिला वेटिङ्ग लाउन्ज, कस्टमर सर्भिस डेस्क, सुसज्जित मेन्टेनेन्स र रिपेयर सेक्सन, पर्याप्त स्टोरेज, थुप्रै सर्भिस एरिया, प्रशासनिक अफिस र अन्य विभिन्न सुविधा छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।