लक्ष्मी भ्यालु फन्ड–२ को पौने २ करोड इकाई बिक्री

0
Shares

लक्ष्मी भ्यालु फन्ड–२ मा ३६ हजार ४८० जना आवेदकबाट १ करोड ७१ लाख ३७ हजार ८०० इकाई खरिदका लागि आवेदन परेको छ । यो सर्वसाधारणमा जारी इकाईको २५ प्रतिशत मात्र हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार साउन १६ गते मंगलबार साँझ ५ बजेसम्म १७ करोड १३ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ३७ हजार ८०० इकाईका लागि आवेदन परेको हो ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ गतेदेखि ६ करोड ८० लाख इकाई सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । इकाई खरिदका लागि साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । फन्डमा न्यूनतम १०० देखि अधिकतममा ८० लाख इकाईसम्म आवेदन दिन पाइनेछ ।

दश वर्ष अवधिको उक्त फन्डको इकाईमा लगानीकर्ताले मेरो शेयर वेव तथा मोबाइल एप र धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई बिक्रीमा ल्याएमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

कम्तीमा ५० प्रतिशत अर्थात ४ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा मात्र इकाईको बाँडफाँड हुनेछ । न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया सुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।