नबिल बैंकको साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


नबिल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरमा आम सर्वसाधरणले पनि आवेदन दिन पाउने छन् । बैंकले यसअघि जेठ ९ गते सेयर बिक्रीका लागी संस्थापक सेयरधनीलाई ३५ दिने सूचना जारी गरेको थियो ।

३५ दिनभित्र उक्त सेयर बिक्री नभएको भन्दै पुनः आम सर्वसाधारणलाई सेयर बिक्री खुलाएको हो । बैंकको सेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनु पर्ने छ । सेयर आवेदन फारम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबाट प्राप्त गर्न सकिने छ । क्रेता र बिक्रेताको आपसी सहमतीमा सेयरको मूल्य निर्धारण गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।