राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने सरकारको निर्णय

0
Shares

 
सरकारले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने भएको छ ।
 
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिने निर्णय गरेको हो । 
 
त्यसैगरी बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन ।
 
बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय छ । 
 
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।