सूर्योदय वोमीको साढे ११ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । लघुवित्तको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ११ लाख ८७ हजार ९७७ दशमलव १८ कित्ता बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले बैशाख ३० गते वार्षिक साधारण सभा गरेको थियो ।  साधारण सभा प्रयोजनको लागि २०८० साल बैशाख १४ गतेदखि बैशाख ३० गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको थियो ।

बुकक्लोज अनुसार बैशाख १३ गते बुधबारसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् । बोनस पाउन योग्य सम्बन्धीत सेयरधनीले उक्त बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।