नेशनल र धौलागिरी लघुवित्तको सेयर नेप्सेमा सूचीकृत


नेशनल लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । दुबै संस्थाले ताेकिएकाे सेयर स्वाप रेिसयाे अनुसार कायम भएकाे मर्जर तथा प्राप्तीपछि अर्काे संस्थाकाे सेयर ती संस्थाकाे नाममा सूचीकृत गरेका हुन् ।

नेशनल लघुवित्तको नाममा १ करोड ८ लाख ४२ हजार ६३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । साबिकको नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच १ः०.७३ को अनुपातमा मर्जर भएर कायम हुन आएको उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सुरुवाती मूल्य (ओपनिङ्ग रेञ्ज) १ हजार २१५ रुपैयाँ २९ पैसा छ ।

यस्तै धौलागिरी लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता सेयर पनि अाजै नेप्सेमा सूचीकृत भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था मर्जर पश्चात कायम सेयर सूचीकृत भएको हो । साबिकको धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाबीच १ः०.७५ को अनुपातमा मर्जर भएको थियो । जुन सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि सुरुवाती मूल्य ७६८ रुपैयाँ ६१ पैसा तोकेको छ । 

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार नेप्सेमा कारोबार गर्न सकिने गरी सेयर सूचीकरणपछि मर्जर प्रयोजनको लागि रोक्का रहेको दुबै कम्पनीको उक्त सेयर कारोबार पनि फुकुवा गरिएको नेप्सेले जनाएको छ । उता मर्जरपछि विलय भएका साबिक समीट लघुवित्त वित्तीय संस्था र  खप्तड लघुवित्तको सेयर सूचीकरण खारेजी गरेको पनि जनाएको छ । 

यससँगै दुबै लघुवित्तको सेयर बुधबारदेखि तोकिएको कारोबार रेञ्जभित्र रहेर नेप्सेमा कारोबार सुचारू आउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।