मनकामना इन्जिनियरिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले सर्वसाधारणका लागि साउन २८ गतेदेखि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गरेको थियो ।

स्थानिय बासिन्दाहरुका लागि अवितरित ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले जारी गर्ने सेयर खरिदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा १ अर्ब १४ करोड ६१ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । मंगलबार साँझसम्ममा १० लाख १७ हजार ४५२ कित्ताका लागी आवेदन परेको सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ को मोबाइल एप तथा वेवसाइटबाट अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीको आईपीओलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ ।

यो रेटिङ्ग प्राप्त कम्पनीमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । सो रेटिङ्ग को वैधता अवधि एक वर्ष अर्थात् २०८० असार २८ गतेसम्म रहनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको बारेमा

हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड र जारी पूँजी ८० करोड रुपैयाँ छ । जारी पुँजीको ३५ प्रतिशत सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले प्रबर्धन गरिरहेको ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । कुल अनुमानित लागत प्रतिमेगावाट २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.५८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७.७८ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति २७ वर्ष १ महिना बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।