फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा


फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ग्रामीण महिला उत्सुकता बिकास मञ्चको नाममा रहेको  ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा आम सर्वसाधारणले भने आवेदन दिन पाउने छैनन् । सेयरमा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिएको छ । सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । ३५ दिनभित्र संस्थापक सेयरमा आवेदन नदिएमा भने सर्वसाधारणमा सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । सेयर खरिदको लागि संस्थाको केन्द्रीय कार्यालय सुनसरी दुवहीमा सम्पर्क गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।