भगवती हाइड्रोपावरको आईपीओ ९५ प्रतिशतले पाएनन्


भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल काठमाण्डौंमा बिहान आईपीओ बाँडफाँड भएको हो । मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो ।

क्यापिटलका अनुसार कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । ९५ प्रतिशतको हात खाली भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम ७१ हजार २२२ जनाले गोलाप्रथाबाट १० कित्ता सेयर हात पारेका हुन् । आईपीओमा आवेदन दिई योग्य भएका १२ लाख ३५ हजार ४५५ जना (९४.५५ प्रतिशत) को हात खाली भएको हो ।

कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड ४२ लाख ७६ हजार २४० कित्ताका लागि आवेदन दिएका थिए । जसमा सदर भइ बाँडफाँडका लागि योग्य १३ लाख ६ हजार ६७७ जना आवेदकबाट माग भएकाे १ करोड ४२ लाख ४० हजार ५५० कित्तालाई गोलाप्रथा मार्फत गरिएकाे बाँडफाँडमा सहभागी गराइएको थियो ।

आईपीओमा २ हजार ३८९ वटा आवेदन मार्फत परेको ३५ हजार ६९० कित्ता रितपूर्वक नपरेका कारण आवेदन रद्द गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।