कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा


कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको १० लाख १८ हजार ५०४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकको संस्थापक सेयरमा विद्यमान संस्थापक शेयरधनीहरु लगायत अन्य ईच्छुक व्यक्ति, फर्म\कम्पनी तथा संगठित संस्थाहरुलाई समेत आवेदन दिन पाउने छन् ।

सेयरको न्यूनतम मूल्य प्रति सेयर १०१ रुपैयाँ तोकिएको छ । उक्त सेयरमा असोज १० गतेसम्म आवेदन दिन पाइने छ । बोलपत्र आवेदन फाराम प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौबाट प्राप्त गर्न सकिनेछ ।

एकै व्यक्ति वा कम्पनीले एक भन्दा बढी मूल्यमा शेयर खरिदका लागि आवेदन दिन चाहेमा भिन्दाभिन्दै शिलबन्दी खामभित्र आवेदन दिनुपर्नेछ । बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्युनतम १ हजार कित्ताको लागि आबेदन दिनु पर्नेछ भने सो भन्दा बढीको लागि सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन पाइने छ भने अधिकतम १० लाख १८ हजार ५०४ कित्ताका लागि आवेदन दिन सकिने छ ।

प्राप्त बोलपत्रहरुको छानबिन गरी रितपूर्वक प्राप्त बोलपत्रहरु मध्ये विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथामिकता प्रदान गरेपश्चात मात्र अन्यलाई सबै भन्दा बढी बोलकबोल गर्ने आवेदकहरुलाई शेयर बाँडफाँड गरिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।