सन् नेपाल लाइफको कतिमा भयो पहिलो कारोबार ?


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सन् नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुरु भएको छ । बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता ४७५.२० रुपैयाँमा कारोबार सुरु भएको हो । सोही भाउलाई आधार मानेर नियमित कारोबार हुनेछ ।

पहिलो कारोबारका लागि इन्स्योरेन्सलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा प्रतिकित्ता ४७५.२० रुपैयाँमा इन्स्योरेन्सको पहिलो कारोबार भएको हो ।

कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड २० लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको थियो । नेप्सेमा ‘एसएनएलआई’ संकेतबाट सन नेपाल लाइफको सेयर कारोबार सुरु भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।