अपि पावरले १२ लाख कित्ता हकप्रद लिलामी गर्ने


अपि पावर कम्पनी लिमिटेडले ११ लाख ९४ हजार कित्ता हकप्रद सेयर लिलामी प्रक्रियाद्वारा बिक्री गर्ने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता सेयर निष्काशन गरेको थियो ।

उक्त सेयर रीतपूर्वक आवेदन दिने १ लाख १० हजार ५६१ सेयरधनीहरुलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता बाँडफाँड गरी बाँकी रहेको ११ लाख ९४ हजार लिलामी प्रक्रियाद्वारा बिक्री गर्ने भएको हो ।

कम्पनीको हकप्रदमा आम व्यक्ति संस्था वा कम्पनीले असोज १७ गतेदेखि २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन् । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय नारायणचौर नक्सालका साथै अन्य शाखाहरुः ठिमी भक्तपुर, कुमारीपाटी–ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्ने छन् ।

सेयरको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । सेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हद लाग्ने छैन । तर सेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नियमक निकायले एउटा व्यक्ति वा संस्था÷ कम्पनीले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलव (खण्डित रुपमा) आउने गरी सेयर संख्याको लागि आवेदन गर्न पाइने छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।