लुम्बिनी विकास बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


लुम्बिनी विकास बैंकले २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बिल बहादुरको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता सेयर र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्ने छन् । संस्थापक सेयरधनीहरुले आज असोज ११ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने छन् ।

संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नआएमा अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सेयर खरिद गर्नको लागि बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।