बेनी हाइड्रोपावर र रिचेत जलविद्युतले मागे साढे ३२ करोडको आईपीओ निष्काशन अनुमति

0
Shares

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड र रिचेत जलविद्युत कम्पनी लिमिटेडले ३२ करोड ५६ लाख ४५० कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् । दुबै कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणमा सेयर जारी गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका हुन् ।

बेनी हाइड्रोपावरले २० करोड ८० लाख रुपैयाँको १०० रुपैयाँ दरका कुल २० लाख ८० हजार कित्ता आईपीओ निष्काशनको माग गर्दै असोज ५ गते शुक्रबार निवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली तथा दोस्रो चरणमा सर्वसाधारणका लागि उक्त संख्यामा सेयर बिक्री गर्न लागेको हो ।

बेनी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड बालुवाटार रहेको छ ।

यसैगरी रिचेत जलविद्युत कम्पनीले पनि ११ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न भदौ २९ गते शुक्रबार सेबोनमा निवेदन दिएको छ ।

कम्पनीले कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा कुल ११ लाख ७६ हजा ४५० कित्ता साधारण सेयर निष्काशन गर्ने छ ।

सार्वजनिक निष्काशन गर्नको लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा कम्पनीका अध्यक्ष अर्जुन प्रसाद पौडेल, कम्पनी सचिव शिशिर खनाल तथा क्यापिटलका तर्फबाट क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेण्ट बैकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका थिए ।

२०७० सालमामा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।