नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


नेपाल पुनर्बिमा कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको ५ लाख कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयरको न्यूनतम मुल्य २७७ रुपैयाँ तोकिएको छ । आवेदन दिदा न्यूनतम मुल्य वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघ-सस्थाले आवेदन  दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा आजदेखि कात्तिक २० गतेसम्म आवेदन दिनु पर्ने छ । आवेदन पुनर्बिमा कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाण्डौंबाट दिन सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।