सीवाइसी नेपाल लघुवित्तको नाफा ८७.४३ प्रतिशतले घट्यो


सीवाइसी नेपाल लघुवित्तको खुद नाफा ८७.४३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा लघुवित्तको नाफा १९ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । यत वर्ष लघुवित्तले १ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ रहेको लघुवित्तको खराब कर्जा ३.६७ प्रतिशतले बढेर ६.५४ प्रतिशत पुगेको छ । यत वर्ष लघुवित्तको खराब कर्जा २.८७ प्रतिशत रहेको थियो ।

असोज मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६.७२ प्रतिशतले घटेर ५ करोड ६३ लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ६ करोड ४ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष यस लघुवित्तले २ करोड १८ लाख ७८ हजार रुपैयाँ सञ्चालन नाफा गरेकोमा यस वर्ष १३ लाख ७६ हजार रुपैयाँ सञ्चालन घाटा व्यहारेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८६ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ २३ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३५४.८९ पैसा छ । लघुवित्तको कष्ट अफ फन्ड ८.७४ बाट बढेर १०.०८ प्रतिशतमा पुगेको छ भने आधारदर १७.२६ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।