भिजन लुम्बिनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?


भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आवेदन खुलाएको थियो । उक्त आईपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

हालसम्म कति पर्यो आवेदन

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओमा आइतबार साँझसम्म ९८ लाख ८० हजार ४३० कित्ताका लागि आवेदन परेको छ । ८ लाख ४७ हजार ७७० जना आवेदकहरुले ९८ लाख ८० हजार ४३० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । जुन सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ४.७६ गुणा बढी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।