युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलबार अर्थात मंसिर १२ गते बुकक्लोज गर्दैछ ।

जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीले काठमाण्डौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा मङ्सिर २६ गते दिउँसो ४ः३० बजे सभा डाकेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रतिकित्ता १ हजार ५८० रुपैयाँ दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७९\८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।