फर्स्ट माइक्रोफाइनान्सले १५ प्रतिशत लाभांश वितरण गर्ने


फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।