एनएमबि बैंकले यस वर्ष लाभांश वितरण नगर्ने


एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।

बैंकको बुधबार (मंसिर १३ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि बैठकले गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८\७९ मा ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।