आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक


गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् । मन्त्री लेखकले सरकारले स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको समेत उल्लेख गरेका थिए ।

“सरकारले अध्यादेशमार्फत शासकीय सुधार, उद्योग व्यवसायको सहज सञ्चालन र सुशासनसँग सम्बन्धित कानून संशोधन गरेको छ”, उनले भने ।

मन्त्री लेखकले गैरआवासीय नेपालीको लगानीसम्बन्धी केही निर्णय समेत गरेको बताए । “सूचना प्रविधिको प्रयोग गरी सेवा निर्यातको सहजीकरणका लागि कानुन संशोधन गरिएको छ”, उनले भने ।

उक्त अध्यादेशले आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा नेपाल ल्याउनका लागि सहज हुने उनको भनाइ थियो ।

प्रकाशित मिति: २७ पुस २०८१, शनिबार  १७ : ५९ बजे