भूमिहिन र सुकुम्वासीलाई लालपुर्जा बितरण गर्न भूमिसम्वन्धी अध्यादेशः मन्त्री अधिकारी


भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहिन र सुकुम्वासी समस्या समाधान गर्न सरकारले भूमि सम्वन्धी अध्यादेश ल्याएको बताएका छन् । संसदमार्फत ऐन संसोधन गर्दा लामो समय लाग्ने भएकाले अध्यादेश ल्याइएको मन्त्री अधिकारीले बताएका हुन ।

शुक्रवार सपथग्रहणका लागि बाँकी रहेका भूमि आयोगका जिल्ला अध्यक्षहरुको सपथग्रहण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यो सरकारले भूमिहिन, दलित, सुकुम्वासी र अब्यवस्थीत बसोबासीको समस्या स्थायीरुपमा समाधान गर्ने बताए ।

सरकारको बिरोध गर्नु नै प्रतिपक्षकोधर्म जस्तै भएको भन्दै मन्त्री अधिकारीले अध्यादेशको बिरोध गर्नुको कुनै तुक नभएको मन्त्री अधिकारीको दावी छ । गएको सोमवार ७१ जिल्लाका भूमि आयोगका अध्यक्षले सपथ गरेकोमा प्राविधिक कारणले छुट्न गएका ६ जिल्लाका अध्यक्षहरुलाई मन्त्री अधिकारीले सपथग्रहण गराएका हुन । भुमि समस्या समाधान आयोगको रौतहट जिल्ला अध्यक्षमा अखिलेश्वर चौधरी, जुम्लामा सुरतबहादुर शाही, बझाब्मा प्रयागराज जोशी, तेह्रथुममा गणेशबहादुर सोदेम्बा, कञ्जनपुरमा नेत्रप्रकाश पन्त र सप्तरीमा अखिलेशकुमार झा अध्यक्ष नियुक्त भउका छन् ।

७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोगका अध्यक्षहरु नियुक्त सकिएको र २, ३ दिनभित्र सबै जिल्लामा भूमि आयोगले पुर्णता पाउने मन्त्री अधिकारीले जानकारी दिए । भूमि समस्या समाधान आयोगको जिल्लामा १ अध्यक्ष, एक महिला सदस्य, एक बिज्ञ सदस्य र एक पुरुष गरी ४ जनाको जिल्ला समिति बन्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार  १८ : ११ बजे