कर्णाली प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १०५ पुगेको छ। जसमध्ये सल्यानमा २५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परीक्षणमा सल्यानका २५ जनामा कोरोना पोजेटिभ देखिएसँगै उक्त संख्या पुगेको कर्णाली प्रदेशको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितहरू सबै सबै पुरूष र भारतबाट आएका छन्। वनगाड कुपिण्डे १, २, ३, ४, ६ र ७ नम्वर वडाका सवै संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
बनगाड क्याम्पस र प्रभाकर मावी देवस्थलको क्वारेन्टाइनमा रहेका मध्ये ३९३ जनाको पिसिआर जाँचको लागी स्वाव संकलन गरीएकोमा २५ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरु मध्ये १० जनालाई जिल्ला अस्पताल सल्यान र १५ जनालाई सुर्खेत पठाउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए।
प्रतिक्रिया