रौतहटकी नेतृ तथा संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले भारतबाट नेपाल प्रवेश गर्ने नाकामै कोरोनाको पीसीआर परिक्षण गर्न माग गरेकी छिन् ।
प्रतिनिधी सभा बैठकको शुन्य समयमा बोल्दै सभापति खड्काले प्रदेश न. २ मा कोरोना संक्रमणले भयावह रुप लिएको र त्यसलाई रोक्न सीमा नाकामै पीसीआर परिक्षण गरि क्वारेन्टाइनमा राख्ने र संक्रमितलाई आइसोलेशनमा पठाउनुपर्नेमा माग गरेकी हुन् ।
उनले सबै भन्दा धेरै २१५ जनामा कोरोना संक्रमण देखिएको रौतहटलाई उच्च प्राथमिकतामा राख्दै तत्कालै पीसीआर परिक्षण तथा उपचारको प्रबन्ध मिलाउन पनि माग गरिन् ।
सभापति खड्काले प्रदेश २ मा यतिबेला २० हजार भन्दा बढी नागरिक क्वारेन्टाइनमा छन् भने ४७१ जनामा कोरोना संक्रमण देखिईसकेको समेत बताएकी थिईन् ।
प्रतिक्रिया