पछिल्लो २४ घण्टामा ६ हजार कोरोना परीक्षण, कूल १ लाख ९१ हजार टेष्ट सम्पन्न

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घटामा ६ हजार २८ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट ३ हजार ४४० वटा र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट २ हजार ५८८ वटा परीक्षण सम्पन्न भएको जानकारी दिए।

मुलुकभर हालसम्म पीसीआर र आरडीटी दुबै प्रविधिबाट गरी कूल १ लाख ९१ हजार ६८८ ब्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पीसीआर प्रविधिबाट ७५ हजार ३४३ वटा र आरडिटी प्रविधिबाट १ लाख १६ हजार ३४५ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा १२ हजार ४५१, प्रदेश नं २ मा ७ हजार ५, वाग्मती प्रदेशमा २५ हजार ७३६, गण्डकी प्रदेशमा ९ हजार ६१, प्रदेश नं पाँचमा २५ हजार ४९४, कर्णाली प्रदेशमा १४ हजार ५३ र सुदूरपश्चिम प्रदेशमा २२ हजार ५४५ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

१ लाख ४५ हजार ३७५ जना क्वारेटाइनमा, आइसोलेशनमा १५६९ जना

मुलुकभर हालसम्म १ लाख ४५ हजार ३७५ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा ३ हजार ६३५ जना, प्रदेश नम्बर दुईमा २२ हजार ५३६ जना, वाग्मती प्रदेशमा ३ हजार ८, गण्डकी प्रदेशमा ४ हजार ३१५ जना, प्रदेश नम्बर पाँचमा ४० हजार ६१७ जना, कर्णालीमा २६ हजार ४४७ जना र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८१७ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सङ्क्रमित बिरामीको कूल संख्या १ हजार ८२५ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा १२० जना, प्रदेश नं २ मा ७११ जना, वाग्मती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३४ जना, प्रदेश नं ५ मा ६२२ जना, कर्णाली प्रदेशमा २५१ जना र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरि कूल १ हजार ८२५ जना उपचारका लागि विभिन्न अस्पतालहरुमा आइसोलेशनमा रहेका छन्।

मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ३६९ वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ६० हजार ३२३ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा जनाले आफ्नो ४६३ स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट मकाठमाण्डौं र चितवनका थप २ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै कूल ४७५ जना रेड जोनमा परेका छन्।

रेडजोनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्रेसिङको कार्य गरिरहेको उनले बताए।

मंगलबार थप ४५ जनाले जिते कोरोना, हालसम्म २६६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ४५ जनाले कोरोना संक्रमणलाइ पराजित गरेर घर फर्किएका छन्। पछिल्लो विवरण अनुसार शिक्षण अस्पताल महाराजगन्जबाट मकवानपुरको ५४ वर्षकी महिला १० औं दिनमा डिस्चार्ज भएकी छिन्।

यसैगरि गुल्मी अस्पतालबाट ३१ वर्षका पुरुष ८ औं दिनमा, भिम अस्पतालबाट २५ जना डिस्चार्ज भएका छन्। जसमध्ये रुपन्देहीका १६ जना १६ जना ५ देखि ५० वर्षका ४ जना महिला र अन्य पुरुष ११ देखि २१ दिनमा अस्पतालबाट निको भई घर फर्किएका छन्।

यसैगरि कपिलवस्तुका ९ जना १९ देखि ३६ वर्षका पुरुषहरु ११ देखि २१ औं दिनमा, धरानबाट १८ जना डिस्चार्ज भएकामध्ये सुनसरीको महिला ११ देखि २१ दिनमा र झापा १८ जना पुरुषहरु १७ देखि ५२ औं वर्षका १२ औं देखि १४ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका छन्।

यससँगै कोरोना पराजित गरि डिस्चार्ज भई घर फर्केनेहरुको कुल संख्या २६६ पुगेको छ। जसमध्ये २१२ जना पुरुष र ५४ जना महिला छन्।

प्रदेशगत रुपमा प्रदेश नम्बर १ बाट ४८ जना, प्रदेश नम्बर २ बाट १०४ जना, वाग्मती प्रदेशबाट ३० जना, गण्डकी प्रदेशबाट ३ जना, प्रदेश नम्बर ५ बाट ७४ जना, र सुदूर पश्चिम प्रदेशबाट ७ जना निको भएका छन्।

अझैपनि विभिन्न अस्पतालको आइसोलेसन वार्डहरुमा १ हजार ८२५ जना उपचाररत रहेका छन् । यस्तै हालसम्म ८ जनाले यहि संक्रमणका कारण ज्यान गुमाउनुपरेको छ।

प्रकाशित मिति: २० जेठ २०७७, मंगलबार  १७ : ४८ बजे