शेयर बजारमा आइतबार सात कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक लागेको छ। नेप्सेमा कारोबारमा आएका १७९ कम्पनीमध्ये ७ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो।
आज सूर्योदय लघुवित्त, स्वरोजगार लघुवित्त, गणपति माइक्रोफाइनान्स, मिथिला लघुवित्त, एनआईसी एशिया लघुवित्त, मञ्जुश्री फाइनान्स र वोमी लघुवित्तको शेयरमूल्यमा सर्किट लागेको हो। यस्तै गुँरास लघुवित्त, आरएमडिसी लघुवित्त र स्वदेशी लघुवित्तको शेयरमूल्य पनि ६ प्रतिशत धेरैले बढेको छ।
आजको बजारमा तिनाउ मिसन विकास बैंकर जोशी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतले घट्दा सोल्टी होटल, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग, राधी विद्युत, तारागाउँ रिजेन्सी होटल, नेपाल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, माछापुच्छ्रे बैंकको पनि २ प्रतिशत धेरैले घटेको छ।
आज नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएकोमा पुनर्बीमा कम्पनीको १४ करोड ३४ लाख ४८ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको छ।
एनआईसी एशिया बैंक र ग्लोबल आईएमई बैंकको ४ करोड बढीको शेयर कारोबार भएको बजारमा हिमालयन डिष्टिलरी, स्वरोजगार लघुवित्त, एनएमबि बैंक, छिमेक लघुवित्त, नागरिक लगानी कोष र नेपाल बैंकको उच्च कारोबार भएको छ। दशौं ठूलो करोबार भएको नेपाल बैंकको २ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको हो।
कारोबारमा आएका ७ उप समूहका सूचक सकारात्मक रहेको बजारमा ५ उपसमूहका सूचक ऋणात्मक बनेका छन्।
आज नेप्से ९.०२ अंकले बढेर १३४०.२९ अंकमा पुग्दा १७९ कम्पनीका २६ लाख ७८ हजार ५०७ कित्ता शेयर १६ हजार ८२६ पटक खरीद बिक्री हुँदा १ अर्ब ११ करोड १० लाख ९० हजार २७२ रुपैयाँको कारोबार भयो।
प्रतिक्रिया