सगरमाथा इन्स्योरेन्सको सीईओ क्षेत्रीलाई थप चार वर्षका लागि निरन्तरता

0
Shares

सगरमाथा इन्स्योरेन्स कम्पनी (SIC) ले प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलाई थप ४ वर्षका लागि निरन्तरता दिने भएको छ।

कम्पनी सञ्चालक समितिको असार २५ गते सम्पन्न २८७ औं बैठकले कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा क्षेत्रीलाई थप ४ वर्षका लागि करार सेवामा नियुक्ती गर्ने निर्णय गरेको हो।

यसअघि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका उनी पुन आगामी चार वर्षका लागि पुनर्नियुक्त भएका हुन्। कम्पनीमा झण्डै डेढ दशक नेतृत्व सम्हालेका केबी बस्नेतले अवकाश लिएपछि क्षेत्री ४ वर्षअघि सीईओ नियुक्त भएका थिए ।

क्षेत्रीको कार्यकाल असार १८ गते सकिने भएपछि कम्पनीको यसअघि जेठ २२ गते सम्पन्न सञ्चालक समितिको २८६ औं बैठकले बीमा समितिबाट स्वीकृत भई लागू हुनेगरि उनलाई नियुक्तीको सिफारिस गरेको थियो।

क्षेत्रीको नियुक्ती बीमा समितिबाट असार १७ गते स्वीकृति पाएपछि उनले थप ४ वर्ष सगरमाथा इन्स्योरेन्सको कमाण्ड सम्हाल्ने भएका हुन्।
क्षेत्रीसँग बीमा क्षेत्रको दुई दशक लामो अनुभव छ। युनाइटेड इन्स्योरेन्स र ओरेन्टल इन्स्योरेन्समा काम गरेका उनी २० वर्षदेखि सगरमाथा इन्स्योरेन्ससँग आबद्ध रहेका छन्।

शंकरदेव क्याम्पसबाट बाणिज्य शास्त्रमा स्नातक गरेका एस इन्स्टीच्यूट अफ म्यानेजमेन्टबाट एमबीए गरेका छन्।