शेयर बजार परिसूचक मापक नेप्से मंगलबार सामान्य अंकले बढेपनि ८ कम्पनीको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ। यसरी शेयरमूल्य बढेर सर्किट लाग्ने कम्पनीहरुमा ५ लघुवित्त र तीन सामूहिक लगानी कोषका इकाई रहेका छन्।
आज १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर १४ हजार ४८९ पटक खरिद बिक्री हुँदा ९९ करोड ८७ लाख १६ हजार ११८ रुपैयाँको कारोबार भएको छ। नेप्से ५.०४ अंकले बढेर १३४७.४४ बिन्दुमा पुगेको छ। ठूला कम्पनी सूचक मापक सेन्सेटिभ इन्डेक्स १.९५ अंकले बढेर २८४.१८ अंकमा पुगेको छ।
आजको बजारमा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, एनआईसी एशिया लघुवित्त, नबिल ब्यालेन्स्ड फण्ड २, नेपाल सेवा लघुवित्त, घोडीघोडा लघुवित्त, गुँरास लघुवित्त, महिला सहयात्रा लघुवित्त, र नबिल इक्वीटी फण्डको इकाईमूल्य ९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
आजको बजारबाट समृद्धि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.६७ प्रतिशतले घटेको छ भने राधी विद्युत कम्पनीको पनि ५ प्रतिशतले घटेको छ। युनाइडेड फाइनान्स, मल्टिपर्पस फाइनान्स, विशाल बजार कम्पनी, हिमालयन पावर पार्टनर, माउन्टेन हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, र नेपाल फाइनान्सका शेयरधनीले ३ प्रतिशत धेरैले गुमाएका छन्।
नेपाल पुनर्बीमा कम्पनीको आज सबैभन्दा धेरैको शेयर कारोबार भएको छ। कम्पनीको २ लाख २१ हजार ४ कित्ता शेयर ११ करोड १० लाख १२ हजार २४३ रुपैयाँमा खरिद बिक्री भएका छन्। यसैगरि एनएमबि बैंकको ६ करोड ८६ लाख, र नेपाल लाइफको ५ करोड बढीको शेयर कारोबार भएको छ।
एनआईसी एशिया बैंक, छिमेक लघुवित्त, साना किसान लघुवित्त, हिमालयन डिष्टिलरी, नबिल बैंक, ग्लोबल आईएमई बैंक र निर्धन उत्थान लघुवित्तको शीर्ष दश कारोबार भएको छ, दशौं ठूलो कारोबार भएको निर्धन उत्थान लघुवित्तको १ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये ५ वटा सकारात्मक बन्दा ७ सूचक ऋणात्मक बनेका छन्। होटल सबैभन्दा धेरै ३.७९ प्रतिशतले बढेको बजारमा लघुवित्त र म्युचुअल फण्डको सूचक पनि क्रमश २.७२ र १.२३ प्रतिशतले बढेका छन्। बैंकिङ्ग र जलविद्युत पनि सामान्य बढेका छन्।
ब्यापार सूचक १.६६ प्रतिशतले घटेको बजारमा उत्पादन, वित्त, अन्य, जीबन बीमा, निर्जीबन बीमा, विकास बैंकको सूचक पनि घटेका छन्।
प्रतिक्रिया