प्रि ओपनिङ्गमा १४ कम्पनीको शेयरमूल्य बढ्यो

0
Shares

साउन ८ गते बिहीबार प्रि-ओपनिङ्गमा १४ कम्पनीको शेयरमूल्य बढेको छ। १७ वटा कम्पनीको शेयर कारोबारमा आएकोमा नेपाल लाइफको शेयरमूल्य घटेको छ। नेपाल पुनर्बीमा र एनआईसी एशिया बैंकको शेयरमूल्य स्थिर छ भने बाहेक बाँकी सबै कम्पनीको शेयरमूल्य बढेको हो।

कारोबारमा आएका ११ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको छ। नेपाल लाइफको १.५२ प्रतिशतले घटेको छ।

नेप्से १.६० अंकले बढेर १४३४.०९ अंकमा पुगेको छ। १५ मिनेट अवधिमा १७ कम्पनीका १ हजार ६७६ कित्ता शेयर ६ लाख २५ हजार १६ रुपैयाँमा खरिद बिक्री भएका छन्।

प्रकाशित मिति: ८ साउन २०७७, बिहीबार  १० : ५९ बजे