चौथो दिनमा अजोडको कारोबार, प्रि ओपनिङ्गमा पाँच कम्पनीको शेयरमूल्य ४% बढीले बढ्यो

0
Shares

अजोड इन्स्योरेन्स (AIL) को गत मंगलबार नै शेयर कारोबार खुल्नुपर्नेमा यसबीचका कारोबार दिनमा सुरुवाती कारोबार समय (प्रि ओपनिङ्ग सेसन) मा म्याचिङ्ग कारोबार हुन नसक्दा चौंथो कारोबार दिन आइतबार आएर मात्र कारोबार भएको छ।

आज अजोड इन्स्योरेन्सको १३० कित्ता शेयर २९१ रुपैयाँका दरले खरीद बिक्री भएका छन्।

यसैगरी साताको पहिलो दिन आइतबार सुरुवाती कारोबार समय (प्रि ओपनिङ्ग सेसन) पाँच कम्पनीको शेयरमूल्य ४ प्रतिशत बढीले बढेका छन्। प्रभु बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, र आशा लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढीले बढेका हुन्।

प्रि ओपनिङ्ग सेसनमा १२ कम्पनीका १ हजार कित्ता शेयर ३ लाख ३६ हजार ६२४ रुपैयाँमा कारोबार भएको छ। पाँच कम्पनीको शेयरमूल्य स्थिर छ भने बाँकी सबै ७ कम्पनीको शेयरमूल्य बढेको छ।

नेप्से २.२० अंकले बढेर १४४१.२६ अंकमा पुगेको छ।

हरेक दिने नेप्सेमा १०:३० देखि १५ मिनेटसम्म अर्थात १०:४५ बजेसम्म प्रि ओपनिङ्ग सेसन चल्ने गर्दछ। यो समयमा हाल अधिकतम ५ प्रतिशतसम्म तल/माथिसम्म मूल्य राखेर कारोबार गर्न सकिन्छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ साउन २०७७, आइतबार  ११ : ०२ बजे