एनआरएन इन्फ्रास्टक्चरको आईपीओ अपडेट: २.३८ गुणा बढी माग

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा आइतबार बेलुका ५ बजेसम्ममा २.३८ गुणा बढी आवेदन परेको छ।

सर्वसाधारणबाट ३१ लाख ६० हजार १८३ कित्ताको शेयरमा आवेदन माग भएकोमा ७५ लाख ३२ हजार ४८० कित्ताको आवेदन परेको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार आइतबार १ लाख ९० हजार ७५ जनाबाट उक्त शेयर माग भएको छ ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरो शेयर सफ्टवेयरबाट पनि साउन २१ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि छुट्याएर सर्वसाधारणका लागि मात्र ३१ लाख ६० हजार १८३ कित्ता शेयर निष्काशनमा ल्याएको थियो। कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ साउन २०७७, आइतबार  १७ : ३७ बजे