प्रि ओपनिङ्ग कारोबार तीन कम्पनीको शेयरमूल्य बढ्यो, दुईको घट्यो

0
Shares

सोमबार नेप्सेको प्रि ओपनिङ्ग सेसनमा कारोबारमा आएका ५ कम्पनीमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको घटेको छ।

कारोबारमा आएका शिवम् सिमेन्ट र प्रभु बैंकको शेयरमूल्य घट्दा आँखुखोला हाइड्रोपावर, हिमाल दोलखा र दिब्यश्वरी हाइड्रोपावर गरी ३ कम्पनीको शेयरमूल्यमा सुधार देखिएको हो।
सोमबार नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ५ कम्पनीका १३ हजार ८५० कित्ता शेयर १४ लाख ७४ हजार ३०० रुपैयाँमा खरीद बिक्री भएका छन्।

यस अवधिमा नेप्से १.२० अंकले घटेर १३९५.०८ बिन्दुमा बन्द भएको छ।

प्रकाशित मिति: १९ साउन २०७७, सोमबार  १० : ५२ बजे