मंगलबार थप २ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
जसमध्ये काठमाडौंमा ४८ जना, भक्तपुरमा १३ र ललितपुरका १ जना गरी उपत्यकामा ६२ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै सर्लाहीका २६ जनामा संक्रमण पुष्टि भएको छ। मोरङमा २३, कैलालीमा २२, महोत्तरीमा १५, भक्तपुरमा १३ जना, धनुषामा १३ जना, सुनसरीमा १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७र७ जना र रौतहटका ६ जना संक्रमित थपिएका छन् । गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तुमा २ जना, कास्कीका २ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज थपिएका सहित हालसम्म कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ। देशभर ५ हजार ९ सय ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ लाख ६ हजार ४९४ वटा पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण भएको छ।
त्यस्तै हालसम्म मृतक संख्या मंगलबार एक सहित ५८ जना पुष्टि भएको छ। विराटनगरका आदर्श टोल निवासी ७७ वर्षिय वृद्धको मंगलबार कोरोना संक्रमणको कारण निधन भएको हो। ज्वरो तथा स्वासप्रश्वासमा समस्या भएपछि साउन १९ गते बिहान कोशी अस्पताल ती पुरुषलाई भर्ना गरिएको थियो। मधुमेह तथा उच्च रक्तचापका बिरामी उनको सोहि दिन निधन भएको थियो।
त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ६५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १५ हजार २६ जना कोरोनाबाट निको भएका छन्।
यसैगरी आइसोलेसनमा रहनेहरुको संख्या ५ हजार ९२५ जना रहेका छन् भने ३ लाख ८५ हजार ४८५ वटा रेर्पोट नेगेटिभ आएको छ।
प्रतिक्रिया