प्रि ओपनिङ्ग कारोबार: ६ कम्पनीको शेयरमूल्य ४% धेरै बढ्यो, दुईको घट्यो

0
Shares

आइतबार नेप्सेको प्रि ओपनिङ्ग सेसनमा कारोबारमा आएका ११ कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरै बढेको छ भने २ कम्पनीको घटेको छ।

कारोबारमा आएका अजोड इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, आरएसडिसी, नेपाल बैंक, लुम्बिनी विकास बैंक र नेपाल फाइनान्सको शेयरमूल्यमा ४ प्रतिशत धेरै सुधार देखिएको हो।

उता रैराङ हाइड्रोपावर, बेष्ट फाइनान्सको शेयरमूल्य ४ प्रतिशत धेरैले घटेको छ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ११ कम्पनीका ११ हजार ६५१ कित्ता शेयर ५२ लाख ७६ हजार ६२६ रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिमा नेप्से २.६१ अंकले बढेर १३८३.९९ बिन्दुमा बन्द भएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ साउन २०७७, आइतबार  १० : ५९ बजे