महुली लघुवित्त वित्तीय संस्था (MSLB) ले आगामी भदौ ९ विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले केन्द्रीय कार्यालय सप्तरीमा बिहान ११ बजे विशेष सभा डोकेको हो।
नवकिरण लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता गरेको लघुवित्तले मर्जर प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा विशेष साधारण सभामा बनाएको छ।
विशेष साधारण सभाले लघुवित्तको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए रिपोर्ट) बाट निर्धारण हुन आएको शेयर स्वापः रेसियो पारित गर्नेछ ।
राष्ट्रियस्तरको कार्यक्षेत्र हुने एकीकृत संस्थाको नाम महुली लघुवित्त वित्तीय संस्था र प्रधान कार्यालय पनि सप्तरीमा नै रहनेछ।
काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रही राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको नव किरण लघुवित्तले भने सर्वसाधारणमा हालसम्म आईपीओ जारी गरेको छैन। महुली लघुवित्तको १५ जिल्लामा कार्य क्षेत्र रहेको छ।
मर्जर सम्झौतापछि नेप्सेमा गत माघ ९ गतेदेखि महुलीको दोस्रो बजारमा शेयर कारोबार रोक्का छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया